भगवती हाइड्रोले आईपीओ निष्काशनका लागि सेबोनसँग माग्यो अनुमति

Advertisement

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १४ लाख ३० हजार १ सय ६२ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।  

यसैक्रममा आईपीओ निष्काशनका लागि मंसिर २० गते कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै आवेदन दिएको हो । 

Advertisement

कम्पनीले १०० अंकित दरमा १६ रुपियाँ प्रिमियम रकम थप आईपीओ निष्काशन गर्न अनुमति मागेको छ । आईपीओ निष्काशनका लागि यसअघि नै कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।  

Advertisement

Advertisement