‘बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’  योजनाको उपहार हस्तान्तरण

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित होटल अलफ्टमा ‘बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनाया’ योजनाको  उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ । 

योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिटान्स पठाउने जीवन रायमाझीलाई ५ तोला सुन,  यु केबाट रेमिटान्स पठाउने नुना गुरुङलाई १ तोला सुन, कोरिया बाट रेमिटान्स पठाउने रीनाकुमारी तामाङलाई १ तोला सुन , मलेशियाबाट रेमिटान्स पठाउने पुरण रोकालाई १० तोला चाँदी , जापान बाट रेमिटान्स पठाउने रबिन्द्र मानन्धरलाई १० तोला चांदी , कुवेत बाट रेमिटान्स पठाउने सुनिता दराईलाई १० तोला चांदी हस्तान्तरण गरिएको छ । 

Advertisement

उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार  साउदी स्थित टेलिमनी बैंकका प्रमुख खालेद अल ब्राहिम , नेपाली चर्चीत नायिका पूजा शर्मा, नेपाल इन्भेस्ट्मेन्ट बैंकका उपमहाप्रबन्धक बिजेन्द्र सुवालको उपस्थिती रहेको थियो ।  

सिटी एक्सप्रेसले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६३ दिनसम्म चल्ने बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो उपहार योजना घोषणा गरेको थियो । 

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै  ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई  आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली मेगा बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो । जसअन्तर्गत १००८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर) , ९ जनाले साप्ताहिक उपहार (१०/१० तोला चाँंदी ) र २ जनाले मासिक उपहार (१/१ तोला सुन ) जित्न सफल भएका छन् ।  उक्त योजना भदौ १५ देखी कातिक १५ गतेसम्म चलेको थियो ।  

Advertisement

Advertisement