कुमारी बैंक मार्फत रेमिट आईपीओमा आवेदन दिन सकिने

Advertisement

काठमाडौं । कुमारी बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ । 

यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक शेयर निष्कासनमा आवेदन दिने व्यवस्था मिलाईएको छ ।  

Advertisement

श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोली प्राथमिक शेयरमा आवेदन दिन सकिने छ । बैंकले शाखा अथवा अनलाइन माध्यमबाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको छ ।

वैदेशिक रोजगारमा रहेका नेपालीले प्रथमिक शेयरमा लगानी गर्ने अवसरलाई सुनिश्चित गर्न बैंकले ल्याएको यस सुविधाले मद्दत गर्ने विश्वास गरिएको छ ।

बैंकले देशभर रहेका १९९ शाखा सञ्जाल, १९५ एटिएम, ६० शाखारहित बैंकिङ ईकाई तथा ३६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको जनाएको छ । 

Advertisement

Advertisement