आज वि.सं.२०७९ साल मंसिर महिनाको २२ गते बिहीबार, मंसिर शुक्लपक्षको पूर्णिमा तिथि । आज धान्यपूर्णिमा, उँधौली पर्व, गैडूपूजा पर्व रहेको छ ।
मेष
बौद्धिक क्षेत्रमा आवद्धहरुको पेशागत जीवनमा उन्नति हुने छ । आम्दानीमा बृद्धि हुने छ । नरम खालको स्वाभाव हुने छ । निर्णय प्रकृयामा भने अलि अन्योलता देखा पर्ने छ । अस्पतालजन्य खर्च बढ्ने छ । शारीरिक रुपमा समस्याहरु देखा पर्ने छ ।
वृष
पेशागत जीवन मध्यम प्रकृतिको हुने छ । सेवा तथा हस्पिटालिटी क्षेत्रमा संलग्नहरुलाई फाइदा हुने छ । व्यवसायमा आवद्धहरुको हकमा पनि फाइदा मिल्ने छ । बोलीको प्रभावकारीतामा कमि आउने छ । निर्णय क्षमतामा ह्रास आउँदा अन्योलता कायम रहने छ । भाग्यहिनता जस्तो मनमा लागि रहने छ ।
मिथुन
पेशागत क्षेत्र अनुकुल रहने छ । विदेश यात्रामा सहजता आउने छ । अरुको विश्वास छिट्टै आर्जन हुन सक्ने छ । बोलीको प्रभाव कम हुने छ । बोलीमा रुखोपना र कडापना आउँदा झैझगडाको अवस्था आउने चुनौति देखिन्छ । परिवारका सदस्यहरुबीच समन्वय हुने छ ।
कर्कट
पेशागत जीवन शुभ रहने छ । व्यापार व्यवसायमा संलग्नहरुलाई आर्थिक फाइदा मिल्ने छ । बोलीको प्रभावकारीपनामा बृद्धि हुने छ । पारीवारिक जीवनमा भने केही द्वन्दात्मक अवस्था आउने छ । प्रेममा धोका सहनु पर्ने छ ।
सिंह
साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । अन्यको हकमा सामान्य रहने छ । दृढ खालको व्यक्तित्व हुने छ । मनमा उदासिनताका मात्रा हल्का हल्का देखिने छ । परिवारमा शान्तिपूर्ण वातावरण काम रहने छ ।
कन्या
पेशागत जीवनमा सकारात्मक अवस्था आउने छ । आम्दानीमा पनि बृद्धि हुने छ । शारीरिक कमजोरीले सताउने छ । कमजोर खालको व्यक्तित्व हुने हुँदा स–सानो विषयमा अरुले हेप्ने छन् । दाम्पत्य जीवनमा झैझगडाको अवस्था आउने छ । सामाजिक छविमा पनि गिरावट आउनेछ ।
तुला
पेशागत जीवनमा आफ्ना हाकिमहरुसँग बादबिबादको क्रम देखिने भएकाले संयमित रहनु नै उपयुक्त हुने छ । बोलीको प्रभाव घट्ने हुँदा अनावश्यक बिबाद तथा तिक्तताको वातावरण उत्पन्न हुन पुग्ने छ । मित्रहरुबाट धोका हुने चुनौति देखिन्छ ।
वृश्चिक
पेशागत जीवन औसत खालको बन्ने छ । साझेदारीमा गरिएका कामहरुका बिबाद देखा पर्ने छ । त्यसैले संयमित भएर पाइला चाल्नु पर्ने देखिन्छ । धेरै जोखिमपूर्ण बिधामा सक्रियहरुले धैर्यतापूर्वक पाइला चाल्नु पर्ने समय छ । झैझगडाबाट बच्नु होला ।
धनु
पेशागत क्षेत्र सोचे जस्तो उन्नतितर्फ नगए पनि धेरै प्रतिकुल पनि हुने छैन् । प्राविधिक क्षेत्रमा आवद्धहरुलाई फाइदा हुने छ । पारीवारिक जीवनमा कटुता आउने छ । शरीर कमजोर हुँदा मनोबलको अभाव देखा पर्ने छ । पारीवारिक जीवनमा कटुता आउने छ ।
मकर
पेशागत क्षेत्रमा स्थिर रहने छ । साझेदारीमा गरिएका कामहरुबाट लाभ मिल्ने छ । आम्दानी सोचे जस्तो हुने छैन् । मनमा तनाब सृजना हुँदा त्यसको प्रभाव पारीवारिक जीवनमा पर्न जाने छ । यात्रामा कठिनाई भोग्नु पर्ने छ ।
कुम्भ
पेशागत जीवनमा अस्थिरताका आउने छ । बौद्धिकस्तर उन्नत भए पनि सोहि अनुसारको जिम्मेबारी भने प्राप्त नहुँदा निराशाको क्रम आउने छ । कार्यालयमा कामको क्रममा कार्यालयका हाकिमहरुसँग बिबाद आउने भएकाले संयमित रहनु नै उपयुक्त हुने छ ।
मीन
पेशागत जीवनमा उल्झनहरु आउने छ । सामाजिक र पेशागत छविमा दाग लाग्ने समय सक्रिय रहेकाले सतर्क भई अघि बढ्नु होला । भाग्यहिनताका कारण मनमा पनि हिनता बोध लाग्ने छ । दुविधात्मक व्यक्तित्व हुने छ ।
(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)