काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकको वर्तमान नीतिहरुको विरोधमा नाडा अटोमोवाईल्स एशोशियशन अफ नेपाल (नाडा) ले आज माइतीघरमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको छ ।
सरकार र राष्ट्र बैंकको नीति अटो व्यवसायीहरु संकटमा परेको भन्दै हालै पत्रकार सम्मेलन गरी नाडाले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । सोही घोषणा अनुसार आफूहरुले आज शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको नाडाका अध्यक्ष ध्रुव थापाले बताए ।