लाभांश र प्राप्ति प्रस्ताव पारित गर्न प्रभु र सेञ्चुरी बैंकले एकैदिन बोलाए साधारण सभा

Advertisement

काठमाडौं । मर्जर प्रक्रियामा रहेका प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक दुबैले पुस १४ गते एकै दिन वार्षिक साधारण सभा बोलाएका छन् । 

दुबै बैंकले लाभांश पारित गर्ने छन् भने प्रभुले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने छन् । सेञ्चुरी बैंकलाई १ः१ शेयर स्वाप रेसियोमा प्रभुले प्राप्ति गर्ने अन्तिम सम्झौता पत्रमा हिजोमात्रै हस्ताक्षर भएको थियो ।   

Advertisement

यसैक्रममा प्रभु बैंकले पुस १४ गते २१औँ वार्षिक साधारण सभा बोलाएको हो । सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभा काठमाडौंको बबरमहल स्थित केन्द्रीय कार्यालयमा बिहान ९ बजेदेखि हुनेछ । 

उक्त साधारण सभाले सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ६.५ प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि पुस १ गते बुक क्लोज गर्ने निर्णय समेत भएको छ । 

यता पुस १४ गते नै सेञ्चुरी कमर्सियल बैंकले पनि १२औँ वार्षिक साधारणसभा बोलाएको छ । सञ्चालक समितिको हिजै बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट शुरु हुनेछ। 

उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

वार्षिक साधारणसभा प्रयोजनका पुस ४ गते बुक क्लोज गर्ने निर्णय पनि सञ्चालक समितिको बैठकले गरेको छ ।  

प्रभु र सेञ्चुरीबीच प्राप्ति सम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर, एकीकृत कारोबार कहिले ?

प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, १ः१ स्वाप रेसियोमा सहमति

प्रभु र सेञ्चुरी बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले दियो स्वीकृति

Advertisement

Advertisement