शेयर बजारप्रति राज्यको गलत बुझाई र नीतिले लगानीकर्ताहरु संकटमाः पोखरेल

Advertisement

काठमाडौं । नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले शेयर लगानीकर्ताहरुको जायज माग पूरा गर्नु पर्नेमा जोड दिएकी छिन् । 

अध्यक्ष पोखरेलले आज नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी राज्यको शेयर बजारप्रतिको गलत बुझाई र नीतिका कारण लगानीकर्ताले समस्या भोग्दै आएको उल्लेख गरिन् । 

Advertisement

लगनानीकर्ताहरुमो सम्पत्ति जोखिममा परेको र र आफूहरुका जायज माग सम्बोधनका लागि पहल गरिदिन उनले ओली समक्ष अनुरोध गरेको बताइन् । 

हालै सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ओलीलाई अध्यक्ष पोखरेलले बधाई समेत ज्ञापन गरेकी थिइन् । 
 

Advertisement

Advertisement