एनसेलको सेवा अवरुद्ध हुँदा लाखौं उपभोक्तालाई सास्ती, कम्पनी भन्छ– सरकारले गर्दा हो

Advertisement

काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलमा बिहीबार बिहानदेखि समस्या आउँदा लाखौं उपभोक्ताले सास्ती भोग्नु परेको छ । पछिल्लो समयमा इन्टरनेट सेवाको गुणस्तर समेत खस्किँदै गएको एनसेलको भ्वाइस सेवा अवरुद्ध भएको हो । 

एनसेल आजियाटा लिमिटेडले भने समस्या आफ्नो कारणले नभई सरकारको कारणले भएको औंल्याएको छ । उसका अनुसार सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको हो । दिउसोबाट भने सेवा सुचारु भएको छ । 

Advertisement

Advertisement

Advertisement