हिमाल वाटरपार्क एण्ड भिलेज होटलले आईपीओ निष्काशन गर्ने

Advertisement

काठमाडौं । पर्साको वीरगञ्ज स्थित हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्रालिले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । 

आईपीओ निष्काशनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेड र हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेडबीच आईपीओ निष्काशन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । 

Advertisement

क्यापिटल र रिसोर्टबिच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपिवो  सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतामा क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा रिसोर्टका  तर्फबाट निर्देशक सुनिलकुमार खेतानले हस्ताक्षर गरेका छन् । 

होटलको स्थापना वीरगञ्जका उद्यमी तथा कम्पनीका निर्देशक सुनिलकुमार खेतानले गरेका हुन् । यस होटलको संरचना १२२,४३०.४८ वर्ग फिटमा फैलिएको छ । 

हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड (क्लार्क रिसोर्ट, बिरगञ्ज)  भारतको एक प्रसिद्ध होटल ब्रान्ड क्लार्क रिसोर्टको पहिलो अन्तराष्ट्रिय होटल चेन हो । क्लार्क रिसोर्टले भारतको जयपुर लखनऊ र आग्रामामा पनि विभिन्न होटलहरु संचालन गरिसकेको छ । 

Advertisement

Advertisement