नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा सनराइज क्यापिटलका श्रेष्ठ चयन

Advertisement

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभा आज क्लब हिमालय नगरकोटमा सम्पन्न भएको छ । 

उक्त साधारण सभाले सनराइज क्यापिटलका विजयलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । 

Advertisement

समितिको उपाध्यक्षमा ग्लोबल आइएमई क्यापिटलकका पारसमणी ढकाल, महासचिवमा एनआईसी एशिया क्यापिटलका रमेन्द्र रायमाझी र कोषाध्यक्षमा नबिल इन्भेष्टमेण्ट बैंकिङका मनिषनारायण जोशी चयन भएका छन् । 

त्यसैगरी सदस्यहरुमा नागरिक लगानी कोषका नारायणप्रसाद घिमिरे, प्रभु क्यापिटलका दिनेश थकाली र नेपाल लाइफ क्यापिटलका नविन बास्कोटा चयन भएका हुन् । यसअघि एनआइविएल एस क्यापिटल  मेखबहादुर थापा अध्यक्ष थिए । 
 

Advertisement

Advertisement