शुक्रबारबाट मेलम्चीको पानी पुनः आउने

Advertisement

काठमाडौं । मेलम्चीमा आएको बाढीपछि रोक्किएको मेलम्ची खानेपानी आयोजनाको पानी पुनः भोलि शुक्रबारबाट आउने भएको छ । आयोजनाले उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा पानी वितरण गर्न लागेको जनाएको हो । 

गत बर्षको भिषण बाढीपछि आयोजनाको सुरुङमा क्षति हुन नदिन भन्दै सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहान बन्द गरिएको थियो । सुरुङको मुखबाट ११ दिनअघि मेलम्ची खोलाको पानी प्रवेश गराइ सुन्जरीजलस्थित संचय तथा प्रशोधन केन्द्रमा जम्मा गरिएको थियो । 

Advertisement

बाढीले मुहान क्षति गर्ने सम्भावना रहेको भन्दै सुरुङको मुख बन्द गरिएपछि मेलम्चीको पानीको आपूर्ति पनि बन्द भएको थियो । पानी वितरण गर्न लागेको आयोजनाले उपत्यकाका सबै स्थानमा एकै पटक पानी नपठाउने बताएको छ । 

आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले एक साताभित्र उपत्यकाका सबै स्थानमा पानी पुर्याउने योजना रहेको बताएका छन् । मेलम्चीको उपत्यकाका १० स्थानमा रहेका रजर्भ ट्याङ्कीमा पानी पठाएर त्यहाँबाट उपभोक्तालाई वितरण गरिने छ । 

Advertisement

Advertisement