आज (मंसिर २३)को राशिफलः तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल मंसिर महिनाको २३ गते शुक्रबार, पौष कृष्णपक्षको प्रतिपदा तिथि । 

मेष
सन्तानबाट सुख पनि प्राप्त हुने छ । पेशागत जीवनमा भने समस्याहरु देखा पर्ने समय रहेकाले विचार गरेर मात्र कदम चाल्नु होला । ठेक्कापट्टा, राजनीति, प्रशासन, कपडाको व्यापार आदी जस्ता क्षेत्रमा आवद्धहरुलाई समय जोखिमपूर्ण रहेको छ । 

Advertisement

वृष
धैर्य भएर पाईला चाल्नु पर्ने समय रहेको छ । आम्दानीका स्रोतहरुमा जटिलताहरु देखा पर्न जाने छन् । औसत रुपमा नियमित तवरले भइरहेका कामहरु रोकिन जाने छन् । पेशागत जीवनमा समस्याहरु आउने छन् । भाग्यको साथ रहेकाले धेरै प्रतिकुलताबाट भने जोगाउने छ । पेशागत जीवनमा भने थोरै सकारात्मक नतिजा देखिने छ । 

मिथुन 
पेशागत जीवन औसत रहने छ । मनोबलको पनि कमजोरी देखा पर्ने भएकाले संयमित भई पाइला चाल्नु होला । मनमा दुविधाले सताउने हुँदा निराशाजनक भावले पिरोल्ने छ । पानी, कोल्ड ड्रिङ्स, पानी, दुग्ध पदार्थ, मदिरा आदी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय धैर्य रहनु पर्ने खालको छ ।

कर्कट
मनोबल उच्च हुने छ । अड्किएका कामहरु अघि बढ्ने छन् । तर आलोचकहरुको सामना गर्दै अघि बढ्नु पर्ने छ । परिवारको पूर्ण साथ मिल्ने छ । आर्थिक कारोवार र अवस्था औसत रहे पनि नयाँ क्षेत्रको अवसरहरुका ढोका खुल्ने संकेत स्पष्ट मिल्ने छ । पेशागत जीवनमा सुधार आउने छ ।

सिंह
शारीरिक कमजोरीले सताउने छ । मनोबलको कमि हुने छ भने मनमा दुविधात्मक सोचाईहरुले गर्दा अन्योलता उत्पन्न हुन पुग्ने छ । भाग्यको साथ रहेकाले धेरै हानि भइहाल्ने अवस्था नभएकाले डराई हाल्नु पर्ने समय रहेको छैन् । पेशागत जीवनमा गम्भीर अवरोध र जटिलताहरु आउने छन् । 

कन्या
रिस धेरै उठ्ने भएकाले यसलाई नियन्त्रण गर्न ध्यान दिनु होला । भाग्यको साथ नरहेकाले कार्य अवरोध औसत भन्दा धेरै हुन पुग्ने छ । जीवनसाथिको साथका कारण पेशागत जीवनमा सकारात्मक नतिजा प्राप्त हुने छ । दृढ व्यक्तित्व बन्ने छ । शिक्षा क्षेत्र, बोडिङ्ग तथा कलेज, शिक्षण, अध्यापन आदीमा सहभागिहरुलाई सकारात्मक रहेको छ ।

तुला
भाग्यको साथका कारण आकस्मिक आम्दानी भने प्राप्त हुने छ । पेशाप्रति समर्पित हुन मन लाग्ने हुँदा हुँदै पनि आफुले खेलेको भुमिकाको उचित मुल्यांकन नहुँदा मनोबलमा कमि आउने छ । मनमा धेरै दुविधा आउने छन् । व्यापारिक क्षेत्रमा रहेकाहरुले धेरै जोखिमपूर्ण निर्णय लिने समय देखिँदैन् । 

वृश्चिक
चलाख व्यक्तित्व हुने छ । पेशागत जीवन र आम्दानीमा सकारात्मक नतिजा देखा पर्ने छ । आम्दानीका लागि यात्रामा जानु पर्ने समय रहेको छ । पारीवारिक जीवनमा भने द्वन्दको वातावरण सृजना हुन पुग्ने छ । निर्माण क्षेत्र, हार्डवेयर, रङ्ग, ठेक्कापट्टा आदी जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।

धनु 
नरम व्यक्तित्व हुने भएकाले सबैसँग मिल्न सक्ने स्वाभाव हुने छ । सितल खालको व्यक्तित्व हुने छ । पेशागत जीवनमा अवरोधहरु देखा पर्न जाने छन् । कामको शिलशिलामा विदेश यात्रामा जान चाहनेहरुका लागि समय अनुकुल बन्ने छ । भाग्यको साथ नरहेकाले कर्मको मात्रा बढाउनु पर्ने देखिन्छ ।

मकर 
प्रतिष्पर्धात्मक क्षमतामा गिरावट देखा पर्ने छ । बौद्धिकताको मात्रामा भने बृद्धि हुने छ । तर सो अनुसारको अवसर प्राप्त नहुँदा मनमा निराशाको भावले सताउने छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने भएकाले संयमित रहनु होला । व्यापार व्यवसायमा रहेकाहरुले थप लगानी बढाउने समय देखिँदैन् । 

कुम्भ 
प्रतिष्पर्धात्मक स्वाभाव उच्च रहने भएकाले कठिनाईहरुसँग जुध्न तागत प्राप्त हुने छ । कडा शैलीको व्यक्तित्व हुने छ । रिस पनि धेरै उठ्ने भएकाले यस बारेमा संयमित रहनु होला । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने छन् । पेशागत जीवन औसत अवस्थामा रहने छ ।

मीन
शारीरिक कमजोरीले सताउने छ भने मनोबलमा कमि हुने छ । घर परिवारमा द्वन्दको वातावरण देखा पर्ने छ । खासगरी पैतृक सम्पत्तिको प्रयोगका विषयमा आपसमा कुरा मिल्ने छैन् । होटल, रेष्टुरेण्ट, सुरक्षा निकाय, बाउन्सर, खेल, सेक्युरिटि क्षेत्र, जलविद्युत क्षेत्रमा संलग्न रहेकाहरुलाई चुनौतिपूर्ण देखिन्छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement