चतुर तामाङ बने ‘माउन्ट एल्ब्रस’ ११८ पटक चढ्ने पहिलो नेपाली, दुई सय पटक चढ्ने लक्ष्य

Advertisement

काठमाडौं । रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले ११८ औं पटक सफलतापूर्वक आरोहण गर्न सफल भएका छन् । 

उनले बिहीबार स्थानीय समय अनुसार बिहान ९ बजे सो हिमालको सफल आरोहण गरेका हुन् । सोलुखुम्बु मापिया दुधखोसी गाउँपालिकाका तामाङ ११९औं पटक सो हिमाल चढ्न शनिबार जान लागेको बताए । 

Advertisement

तामाङले भने, ‘फेरि भोलि (शनिबार) राति एल्ब्रस चढ्न जान लागेको छु । भोलिको आरोहण ११९ औं हो । सन् १९९५ बाट पर्वतारोहणको यात्रा सुरु गरेका उनले २००२ देखि एल्ब्रस चढ्न थालेका हुन् । तामाङले दुई सय पटक सो हिमाल चढ्ने लक्ष्य लिएका थिए । 

हालसम्म तामाङले सगरमाथा पाँच पटक, ल्होत्से दुई पटक, कञ्चनजंघा, चोयु, मनास्लु सात–सात पटक, अमादब्लम तीन पटक, बरुन्ट्से एक पटक, आइसल्यान्ड पिक १६ पटक, मेरा पिक १७ पटक आरोहण गरेका छन् ।

 

Advertisement

Advertisement