पाँचथर पावर कम्पनीद्वारा सात प्रतिशत नगद लाभांश दिने घोषणा

Advertisement

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले शेयरधनीहरुलाई ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत (करसहित) नगद लाभांश प्रस्ताव गर्ने निर्णय भएको कम्पनी सचिव सुन्दरमणि सुवेदीले जनाएका छन् । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी ९६ करोड २५ लाख रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् । 
 

Advertisement

Advertisement