भिजन इनर्जीले ६५ करोड रुपियाँको आईपीओ निष्काशन गर्ने

Advertisement

काठमाण्डौ । भिजन इनर्जी एन्ड पावर लिमिटेडले  ‘नुप्चे लिखु जलविद्युत आयोजना’को ६५ करोड रुपियाँ बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको  छ ।  

यसैक्रममा आईपीओका लागि कम्पनीले एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

Advertisement

हाल यस कम्पनीले नुप्चे खोला र लिखु खोलाको पानी प्रयोग गरी रामेछापको उमाकुण्ड गापा–१ मा नुप्चे लिखु जलविद्युत आयोजना (५७.५ मेगावाट) निर्माण गरिरहेको छ । 

कम्पनीले विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरी विद्युत खरिद–बिक्री सम्झौता (पीपीए), वित्तीय व्यवस्थापन, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरिसकेको छ। 

Advertisement

Advertisement