विद्युत खपत घटाउन उद्योगहरुलाई फोन, तर प्राधिकरण भन्छ– नेटवर्क सर्टडाउन भएर होला

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत खपत घटाउन उद्योगहरुलाई फोन गर्न थालेको छ । नदीहरुमा पानीको बहाब घटेर विद्युत उत्पादनमा कमी आएसँगै विशेषगरी धेरै विद्युत खपत गर्ने उद्योगहरुलाई प्राधिकरणले खपत घटाउन दबाब दिएको हो । 

यस्तो खालको दबाब आएको कुरा रिलाइन्स स्पिनिङ मिल्सका प्रमुख पवन गोल्याणले पनि स्वीकार गरे । देशकै ठूलो उद्योगको रुपमा रहेको उक्त उद्योग धेरै विद्युत खपत गर्नेमा पर्छ । उनले आफूहरुलाई पनि प्राधिकरणले विद्युत खपत कम गर्न भनेर भनेको बताउँदै यसले उद्योगलाई थप व्ययभार थप्ने  प्राधिकरणबाट खपत घटाउन यस बर्ष पनि दबाब आएको खुलासा गरेका हुन् । 

Advertisement

यता प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने विजुली कम भएर उद्योगहरुलाई फोन गरेको कुरा स्वीकार गरेनन् । उनले भने, ‘नेटवर्क सर्टडाउन भएर फोन गरेको हुनसक्छ । बिद्युत उत्पादन कम भएर आपूर्ति कम गर्न खोजेको होइन् ।’ उद्योगहरुलाई बिजुली कटौती गर्ने अहिले आफूहरुको कुनै नीति निर्देशन नरहेको भट्टराईले दावी गरे । 

Advertisement

Advertisement