कुमारी र एनसीसी बैंकको विशेष साधारण सभाबाट मर्जर प्रस्ताव पारित, एकीकृत कारोबारको तयारी

Advertisement

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) को आज सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । 

दुबै बैंकले आज छुट्टा छुट्टै कार्यक्रमका बीच मर्जर प्रस्ताव पारित गरेका हुन् । यी दुई बैंकबीच १ः१ को डीडीए पनि पारित विशेष साधारण सभाबाट पारित भएको छ । 

Advertisement

कुमारीको विशेष साधारण सभा अध्यक्ष अमिरप्रताप राणा र एनसीसी बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । 

एनसीसी बैंकको विशेष साधारणसभा शंखमूलस्थित अनमोल व्याङ्क्वेटमा सम्पन्न भएको हो भने कुमारी बैंकको विशेष साधारण सभा नक्सालमा सम्पन्न भएको हो ।

दुबै बैंकको विशेष साधारण सभाबाट मर्जर प्रस्ताव पारित भएसँगै एकीकृत कारोबारका लागि बाटो खुला भएको छ ।  

मर्जर भएपश्चात् बन्ने बैंकको कूल चुक्ता पूँजी २६ अर्वभन्दा बढी हुनेछ । त्यस्तै शाखा संख्या ३५५, एटीएम २४४ र एक्स्टेन्सन काउन्टर ५१ वटा हुने छ । 

पुसको १७ गतेभित्रै एकीकृत कारोबार गर्ने गरी काम गरिरहेको विशेष साधारण सभामा जानकारी दिइएको थियो । एकीकृत बैंकको नाम कुमारी नै रहने र सीईओ एनसीसी बैंकका हालका सीईओ रमेश अर्यात हुने यसअघि नै टुंगो लागिसकेको छ । कुमारी बैंकका हालका सीईओ रामचन्द्र खनाल डेपुटी सीईओ हुनेछन् । 

कुमारी बैंकको कर्पोरेट अफिस रहेको ठाउँमा नै एकीकृत बैंकको कार्यालय रहने जनाइएको छ । बागबजारस्थित एनसीसी बैंकको कर्पोरेट अफिस रहेको ठाउँ मुख्य शाखाको रुपमा रहने छ । 

एनसीसी बैंक र कुमारी बैंकबीच मर्जर सम्झौता: स्वाप रेसियो १ः१, सीईओमा अर्याल

एनसीसी र कुमारी जनवरी १ बाट एकीकृत कारोबार शुरु गर्ने तयारीमा

Advertisement

Advertisement