काठमाडौं । नेपाल बीमा प्राधिकरणले हालै सात कम्पनीलाई लघुबीमाको लाइसेन्स दिएको छ । यी कम्पनीहरुमध्ये अधिकांशमा मारवाडी समुदायका व्यवसायीहरुकै बढी लगानी देखिन्छ ।
यी कम्पनीमा देखिएका मुख्य लगानीकर्ता को को हुन् ?
ट्रस्ट माइक्रो इन्स्योरेन्स
यस लघुबीमा कम्पनीमा जगतबहादुर पोखरेलको लगानी रहेको छ । उनी लुम्बिनी भिजन समूहका लगानीकर्ता हुन् । यस कम्पनीले लुम्बिनी क्षेत्रमा काम गर्नेछ ।
केस्ट माइक्रो लाइफ इन्स्योरेन्स
यस कम्पनीको मुख्य लगानीकर्तामा अमित मोर रहेका छन् । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष सतिसकुमार मोर नेतृत्वको लक्की ग्रुपका उनी एक सदस्य हुन् । केस्ट लाइफले कर्णाली क्षेत्रमा काम गर्नेगरी लाइसेन्स पाउने निर्णय भएको हो ।
लिबर्टी माइक्रो इन्स्योरेन्स
यस कम्पनीको मुख्य लगानीकर्ता मनिष तिमल्सिना हुन् । लिबर्टीले गण्डकी क्षेत्रमा आधारित भएर काम गर्नेछ ।
स्टार माइक्रो इन्स्योरेन्स
स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका मुख्य लगानीकर्ता सुजनकुमार आचार्य हुन् । मधेश क्षेत्रमा व्यवसाय गर्ने यस कम्पनीमा शंकर ग्रुपका सुलभ अग्रवालको समेत लगानी रहेको छ ।
गार्डियन माइक्रो लाइफ
यस कम्पनी विराटनगरमा आधारित भएर पूर्वी क्षेत्रमा व्यवसाय गर्नेछ । गार्डियनमा पशुपति मुरारकाको मुख्य लगानी रहेको छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स
यस कम्पनीमा राजिव मोरको लगानी रहेको छ । प्रोटेक्टिभले धनगढीमा आधारित भएर पश्चिम क्षेत्रमा व्यवसाय गर्नेछ ।
नेपाल माइक्रो इन्स्योरेन्स
यो कम्पनीमा नेपाल उद्योग बाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको लगानी रहेको छ । नेपाल माइक्रोले चितवनमा कार्यालय खोलेर मध्य क्षेत्रमा व्यवसाय गर्नेछ ।