पुल निर्माणका लागि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा अवरोध हुँदै

Advertisement

काठमाडौं । पुल निर्माणको लागि भन्दै नारायणगढ–मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा अवरोध गर्ने तयारी गरिएको छ । पुस ५ गतेदेखि एक महिना सवारी आवागमन रोकेर पुल निर्माण गर्न लागिएको हो । 

मंगलबार जिल्ला प्रशासन कार्यालय चितवनमा सम्पन्न सरोकारवालाको बैठकले नारायणगढ–मुग्लिन सडकमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन रोकेर पुल बनाउन सहजीकरण गर्ने निर्णय गरेको हो । 

Advertisement

उक्त सडक खण्डको कालीखोला, सिमलताल, तुईन खोला र चिसेन्जी खोलामा पहाड काटेर पुल निर्माणका लागि ठाउँ बनाउनुपर्ने र पहाड काट्ने क्रममा जोखिमसमेत हुने भएकाले सवारी आवागमन रोक्नु परेको स्थानीय प्रशासनको भनाई छ । 

तोकिएको अवधिमा आउने अत्यावश्यकीय सवारी साधनलाई सुरक्षा अनुकुलता हेरेर जान दिइने बताइएको छ । आवश्यक साधन स्रोत र जनशक्ति जुटाएर एक महिनाभित्र काम सम्पन्न गर्न पनि आजको बैठकले सम्वन्धित निर्माण व्यवसायीलाई आग्रह गरेको छ । 

Advertisement

Advertisement