भिभोद्वारा बसन्तपुर दरबार स्क्वायरमा रक्तदान कार्यक्रम आयोजना

Advertisement

काठमाडौं । भिभोले आफ्नो विभिन्न पहल र कार्यक्रमहरुमार्फत समुदाय र ग्राहकहरुको हितका लागि काम गर्दै आइरहेको छ । 

समुदायप्रति कम्पनीको प्रतिबद्धता जनाउँदै भिभोले लायन्स क्लब अफ भक्तपुर नमस्ते र कान्तिपुर ब्लड बैंकसँगको साझेदारीमा मंसिर २६ गते बसन्तपुर दरबार स्क्वायरमा रक्तदान शिविरको आयोजना गरेको हो ।

Advertisement

उक्त रक्तदान शिविरमा भिभोका कर्मचारीहरु, भिभो फ्यान, ग्राहकहरु लगायतको उत्साहजनक सहभागी रहेको थियो । यस शिविरमा ५० भन्दा बढी व्यक्तिहरूको सहभागीता रहेको थियो, जहाँ भिभोका कर्मचारीहरू रक्तदाता एवं स्वयम्सेवकका रुपमा सहभागी थिए । 

कान्तिपुर ब्लड बैंकको प्राविधिक सहयोगमा शिविरको संयोजन लायन्स क्लब अफ भक्तपुर नमस्तेले गरेको थियो । यो कार्यक्रम काठमाडौं शहरको मुटुमा अवस्थित सांस्कृतिक महत्व बोकेको बसन्तपुत दरबार स्क्वायरमा आयोजना भएको थियो । 

उक्त अवसरमा भिभो नेपालका सिइओ माइकलले भने, ‘एक विश्वव्यापी र सामाजिक रूपमा जिम्मेवार ब्रान्डको रूपमा, हामी समुदायका लागि यो शिविर आयोजना गर्न पाउँदा गर्व गर्छौं । हाम्रो लक्ष्य भनेको मानिसहरूलाई सकारात्मक रूपमा लाभान्वित र सशक्तिकरण गर्ने गतिविधिहरूमा भाग लिने र सहजीकरण गर्ने हो । हाम्रा साझेदार लायन्स क्लब अफ भक्तपुर र कान्तिपुर ब्लड बैंकप्रति तथा यस कार्यक्रममा सहभागी हुन सम्पूर्ण व्यक्तिहरुप्रति आभारी छौं । हामीलाई धेरै वर्षदेखि निरन्तर समर्थन र माया गरिरहने समुदायका लागि सहयोग गर्न पाउँदा हामी निकै खुशी छौं ।’
 

Advertisement

Advertisement