राष्ट्रिय वाणिज्य बैंकका दुईसय नयाँ अधिकृतहरुलाई तालिम, सहायकस्तरका छ सय कर्मचारी थपिने

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट छनौट भएका दुई सय नवनियुक्त अधिकृतहरुलाई दश दिने पूर्वसेवाकालिन तालिम सञ्चालन गरेको छ । 

तालिमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले गरे । उनले राष्ट्रिय बाणिज्य बैंक रुपान्तरणको प्रक्रियामा रहेकाले प्रतिस्पर्धी बजारमा बैंकले लिएको रणनीति कार्यन्वयनमा यो ठूलो संख्याको जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताए । 

Advertisement

श्रेष्ठले विभिन्न प्रक्रिया पश्चात बैंकले एकपटक ठूलो संख्यामा युवा अधिकृतहरुलाई नियुक्ति दिएर बैंकिङ क्षेत्रमार्फत देश र जनताको सेवा गर्ने अवसर प्रदान गरेको बताए । उनले अरु छ सयभन्दा बढी सहायकस्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछी बैंकको उत्पादकत्व बढ्ने दावी गरे । 

श्रेष्ठले नवनियुक्त सहायक प्रबन्धक, तह ६ र उपप्रबन्धक, तह ७ का जम्मा दुईसय जना अधिकृतहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराए । शैंकको हाल देशभर २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ सेवा रहेको छ । 

Advertisement

Advertisement