पुसमा किन्डर ओलम्पिक हुने, साढे दुईदेखि पाँच बर्षकाले भाग लिन पाउने

Advertisement

काठमाडौं । आगामी पुस महिनामा दशरथ रंगशालामा ‘१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ । अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसिएशन (एकता)को आयोजनामा यो प्रतियोगिता हुन लागेको हो ।

विगत १० वर्षदेखि नियमित रुपमा हुँदै आएको यो खेल उत्सव यो वर्ष पुस २ र पुस ९ गते आयोजना हुने आयोजक संस्थाले जानकारी दिएको छ । प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका ३२  विद्यालयका विद्यार्थीहरुको सहभागिता रहनेछ ।

Advertisement

प्रतियोगितामा ६ वटा इभेन्ट्सहरु समावेश गरिनेछ । त्यसमा नर्सरी, युकेजी एलकेजीका साढे २ वर्षदेखि साढे ५ वर्षसम्मका साना खेलाडीहरुले भाग लिने एकताका सदस्य विद्या श्रेष्ठले आज बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

प्रतियोगितामा झन्डै एक हजार चार सय साना खेलाडीहरु समावेश हुने जानकारी गराइएको छ । एकताकी अर्की सदस्य लिना श्रेष्ठले सानै उमेरदेखि विद्यार्थीहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले किन्डर ओलम्पिकको आयोजना गर्न लागेको जानकारी दिइन् ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले मान्यता दिएको छ । प्रतिस्पर्धी विद्यार्थीहरु एउटै खेलथलोमा प्रतिस्पर्धा हुने सो खेल मेलाले सानो ओलम्पिकको झल्को दिने गरेको आयोजकको दाबी छ । 

Advertisement

Advertisement