उदयमान मोरक्कोलाई रोक्दै पूर्वविजेता फ्रान्स फाइनलमा, अर्जेन्टिनासँग भिडन्त रोचक बन्ने

Advertisement

काठमाडौं । उदयमान मोरक्कोलाई रोक्दै पूर्वविजेता फ्रान्स कतार विश्वकप फुटबलको फाइनलका प्रवेश गरेको । बिहीबार विहान भएको खेलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा पुगेको हो । 

अब फ्रान्सले अर्को कडा प्रतिस्पर्धी तथा पूर्वविजेता अर्जेन्टिनाको सामना गर्नुपर्नेछ । अफ्रिकी मुलुकबाट पहिलो पटक सेमिफाइनलसम्म पुगेको मोरक्को निकै आक्रामक र आशालाग्दो रहे पनि फाइनल खेल्ने रहर यो पटकलाई अन्त्य भएको छ । आफ्नो पक्षमा दर्शकहरुको निकै ठूलो साथ पाइरहे पनि आशा लाग्दा खेलाडीहरुलाई चोट लागेर गुमाएका कारण उसलाई आजको खेल प्रतिउत्पादक बन्यो । 
 
आजको खेलको पाँचौं मिनेट नै थियो हर्नाण्डेजको गोलबाट फ्रान्सले अग्रता बनायो । मोरक्कोले गोल गर्ने निकै प्रयास गरे पनि फ्रान्सको खेल रणनीतिक र सन्तुलित देखिन्थ्यो । त्यसपछि ७९औं मिनेटमा कोलो मुआनीले गोल थप्दै फ्रान्सले फाइनल यात्रा सुनिश्चित गरेको थियो । 

Advertisement

फ्रान्स यसअघिको विश्वकप विजेता पनि हो । यस पटक पनि विजेता बनेता लगातार विश्वकप जित्ने टिमको रुपमा उसले दोस्रो इतिहास बनाउने छ । सन् १९५८ र १९६२ मा पेलेले ब्राजिलपछि विश्वकप जिताएपछि लगातार विश्वकप जित्ने अर्को मुलुक छैन् । 

सेमिफाइनलमा पराजित भए पनि मोरक्कोले तेस्रो स्थानका लागि शनिबार हुने खेलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप फुटबलको फाइनल आइतबार राति हुनेछ । 

Advertisement

Advertisement