आर्यन सिग्देललाई प्रश्न– ‘डिसेम्बर फल्स’ पल शाहको कथावस्तुमा बनेको हो ?

Advertisement

काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । 

दुई मिनेट २३ सेकेण्डको ट्रेलरमा दुई प्रेमीबीचको प्रेम, रोमान्स र धोका ट्रेलरमा महशुस गर्न सकिन्छ । कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले सिनेमा राम्रो बनेकाले सबैले हेरेर साथ दिन आग्रह गरे । 

Advertisement

उनले दर्शकले आर्यन सिग्देललाई जस्तो फिल्ममा देख्न रुचाएका थिए सोही फिल्म बनेको दाबी गरे । सञ्चारकर्मीहरुको जेलमा रहेका अभिनेता पल शाहको बारेमा चलचित्र बनाइएको हो ? भन्दै प्रश्नसमेत गरेका थिए, जसमा सिग्देलले पल शाहको कथावस्तुलाई फिल्ममा नराखिएको दाबी गरे । 

फिल्ममा नर्सको लाइफमा भएका उत्तारचढाव समेटिएको उनको दाबी छ । सिग्देलले भने, ‘सिनेमा राम्रो बनेको छ । प्याकेजको सिनेमा छ । आर्यन सिग्देललाई जस्तो फिल्ममा दर्शकहरु हेर्न चाहनुहुन्थ्यो, त्यस्तै बनेको छ । पल शाहको कथावस्तुलाई यो सिनेमामा राखिएको छैन् । त्यस्तो नसोच्नुहोला । यो अनुमान गलत । हो कथामा यो छैन् । एउटा नर्सको लाइफमा भएका उत्तारचढावको बारेमा कथामा छ ।’ 

कार्यक्रममा कलाकार शिवहरि पौड्यालले भारतीय निर्देशक भएकाले फिल्म राम्रो बनेको बताए । उनले मरमसला पूरा भएको चलचित्रका रुपमा आफूले डिसेम्बर फल्सलाई लिएको बताए । 

प्रविण झा निर्देशित सिनेमाको ट्रेलरमा कतै खुल्ला र कतै सस्पेन्स छोडिएको छ । पुस १५ गते रिलिज हुने सिनेमामा आर्यनसँगै उपासना सिंह ठकुरी, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरीलगायतका कलाकारहरुको अभिनय छ । 

बीपीका खनालको कथा, केदार भुषाल, प्रतिक पौडेलको संवाद÷पटकथा रहेको सिनेमामा श्री श्रेष्ठको एक्शन, महेश आर गुप्ताको छायांकन, दीपक शर्मा, कोसिस क्षेत्री, सुशान्त गौतम, प्रतिक पौडेलको संगीत र वनिष शाहको सम्पादन रहेको छ । 

रामप्रसाद रिजालको प्रस्तुती रहेको सिनेमामा राजकुमार भट्टको निर्माण र लक्ष्मण रिजाल, अशिम काफ्लेको कार्यकारी निर्माण छ ।
 

Advertisement

Advertisement