विवाह भोजमा सर्यौंलाई विषाक्त खाना खुवाउने चितवन गार्डेन रिसोर्टको भान्सा ‘सिल’

Advertisement

काठमाडौं । विवाह भोगमा सयौंलाई विषाक्त खाना खुवाउने चितवनको ‘चितवन गार्डेन रिसोर्ट’मा भान्सा प्रशासनले सिल गरेको छ । केही दिनअघि उक्त होटलमा आयोजित विवाह भोज खाने तीन सय जना बिरामी हुनुका साथै झण्डै डेढ सय अस्पताल नै भर्ना हुनुपरेपछि होटल संघ नेपाल (हान) र स्थानीय प्रशासनले छानविन अघि बढाएको थियो । 

जिल्ला प्रशासन कार्यालय चितवनले चितवन गार्डेन रिसोर्टको भान्सा सिल गरेको हानका क्षेत्रीय अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । 

Advertisement

जिल्ला प्रशासनले अनुगमनपछि खाना खाने कुराहरु उत्पादन गर्न प्रतिवन्ध लगाएको हो । भान्सा बन्द भए पनि रिसोर्ट भने सञ्चालनमा रहेको जनाइएको छ । 

Advertisement

Advertisement