मोरक्कोलाई हराउँदै क्रोएसिया विश्वकप फुटबल २०२२ को तेस्रो स्थानमा

Advertisement

काठमाडौं । मोरक्कोलाई हराउँदै क्रोएसिया जारी  फिफा विश्वकप २०२२ को तेस्रो स्थानमा विजयी भएको छ । गए राति भएको खेलमा क्रोएसिया पुनः तेस्रो स्थानमा जित हासिल गर्न सफल भएको हो । 

पहिलो पटक विश्वकप फुटबलमा तेस्रो स्थानका लागि खेल्न सफल भएको मोरक्कालाई २–१ गोलअन्तरले हराउँदै क्रोएसिया इतिहास दोहोर्याउन सफल भएको हो । यसअघि भएको खेलमा क्रोएसिया फाइनलमा फ्रान्ससँग पराजित भएको थियो । 

Advertisement

गए रातिको खेलमा सातौं मिनेटमै जोस्को भार्डिओलको डाइभिङ हेडर गोलमार्फत क्रोएसियाले अग्रता बनाए पनि लगत्तै दुई मिनेटमा मोरक्कोका अचरफ दारीले गोल गरी खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफ सकिनै लाग्दा क्रोएसियाले अर्को गोल थप्दै अग्रता लिएको थियो । 

दोस्रो हालमा मोरक्कोले गोल फर्काउन निकै प्रयास गरे पनि सफल भएन् । आफ्ना समर्थकहरु निकै धेरै जम्मा गरेको मोरक्कोले पहिलो पटक यति माथि पुग्न सफल भए पनि पछिल्ला दुई खेल भने अपेक्षाकृत रहन सकेनन् । 

कतार विश्वकपको फाइनल खेल आइतबार हुनेछ । फाइनलमा साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दैछन् । 

Advertisement

Advertisement