वाणिज्य बैंकहरुमा मंसिर महिनामा ५८ अर्ब निक्षेप थपियो, दुई अर्बमात्रै बढ्यो कर्जा लगानी

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा मंसिर महिनामा ५८ अर्ब निक्षेप थपिंदा कर्जा लगानी २ अर्बले बढेको छ । 

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ अनुसार मंसिर २९ गतेसम्म निक्षेप बढेर ४६ खर्ब २१ अर्ब पुगेको छ । कात्तिक महिनासम्म ४५ खर्ब ६३ अर्ब थियो । 

Advertisement

संघका अनुसार चालु आवको साउन महिनामा कूल निक्षेप ४४ खर्ब ३३ अर्ब, भदौ महिनामा ४४ खर्ब ८६ अर्ब, असोज महिनामा ४५ खर्ब ४७ अर्ब र कात्तिक महिनासम्म निक्षेप बढेर ४५ खर्ब ६३ अर्ब पुगेको थियो । गत आव आव २०७८/७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको थियो ।

यता मंसिर महिनासम्ममा कर्जा लगानी बढेर ४२ खर्ब २४ अर्ब पुगेको छ । कात्तिक महिनासम्म कर्जा लगानी ४२ खर्ब २२ अर्ब थियो । 

चालु आवको साउन महिनामा कूल कर्जा लगानी ४१ अर्ब ७७ अर्ब, भदौ महिनामा ४१ खर्ब ९० अर्ब,  असोज मसान्तसम्म ४२ अर्ब २० अर्ब र कात्तिक महिनामा बढेर ४२ खर्ब २२ अर्ब पुगेको थियो । गत आवको अन्तिम महिना असार मसान्तसम्म कूल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब थियो ।

मंसिर २९ गतेसम्ममा वाणिज्य बैंकहरुको औसत सीडी रेसियो घटेर ८६.४० प्रतिशतमा झरेको छ । 

Advertisement

Advertisement