विश्वकपको ट्रफी अनावरण गर्न दीपिका पादुकोणलाई कतारले बोलायो

Advertisement

काठमाडौं । चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोणले कतार संस्करणको फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छन् ।

अभिनेत्री पादुकोण कतार प्रस्थान गरेकी भारतीय संचारमाध्यमले जनाएको छ । फिफा विश्वकप २०२२ आइतबार कतारको लुसेलस्थित लुसेल रंगशालामा समापन हुँदैछ । फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल भिडन्तसँगै सकिने विश्वकप पहिलो पटक अरब क्षेत्रमा भएको हो । फिफा विश्वकप ट्रफी अभिनेत्री पादुकोणले अनावरण गर्ने अपेक्षा गरिएको छ । 

Advertisement

फिफाको इतिहासमा कुनै विश्व सेलिव्रिटीले पहिलो पटक ट्रफीलाई अनावरण गर्न लागेको खबर भारतीय संचारमाध्यमले लेखेका छन् । 
 

Advertisement

Advertisement