आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्षमा राई विजयी

Advertisement

काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्षमा पूर्खाजित राई विजयी भएका छन् । काठमाडौंमा भएको पाँचौं महाधिवेशनबाट १० सदस्यीय कार्यसमिति चयन भएको हो । 

महासंघको उपाध्यक्षमा ‘डान्सिङ स्टार्स नेपाल’ का विजेता, शेर्पा चलचित्र संघ नेपालका अध्यक्ष तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर छिरिङ शेर्पा, भुइसाल लामा, हरिमाया गुरुङ र गुन्जा चौधरी, महासचिवमा होमकुमारी माझी, सचिवमा अर्बिन विश्वास राजवंशी र गणेश थामी, कोषाध्यक्षमा विपना भुजेल, सहकोषाध्यक्षमा सविता धिमाल सर्वसम्मत चुनिएका छन् ।

Advertisement

Advertisement

Advertisement