आर्थिक संकटसँग जुध्दै आएको श्रीलंकाद्धारा विदेशी लगानीकर्तालाई आवासीय प्रवेशाज्ञाको सुविधा

Advertisement

कलम्बो (सिन्ह्वा) । वैदेशिक लगानी आकर्षित गर्न श्रीलङ्काले प्रवेशाज्ञामा नयाँ व्यवस्था गरेको छ । बन्दरगाह शहर कलम्बोमा विदेशीलाई लगानी, रोजगारी र आवासीय प्रवेशाज्ञा जारी गर्ने अनुमति अध्यागमन विभागलाई दिइएको छ ।     
अध्यागमन विभागसँगको समन्वयमा कलम्बो पोर्ट सिटी इकनमिक कमिसनले अब लगानीकर्ता, लगानीकर्तासँगै रोजगारीमा आउने श्रमिक तथा अन्य विदेशी नागरिकलाई आवासीय प्रवेशाज्ञा जारी गर्ने अधिकार दिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनावर्देनाले बताएका छन् ।     
     
गृहमन्त्री तिरन एलेसको प्रसतावलाई सरकारले स्वीकार गर्दै कलम्बो पोर्ट सिटी इकनमिक कमिसनलाई प्रवेशाज्ञा जारी गर्ने अधिकार दिइएको मङ्गलबार यहाँ भएको पत्रकारसम्मेलनमा मन्त्रिपरिषदेका प्रवक्ताले बताए ।     
     
प्रवेशाज्ञाको नयाँ व्यवस्थाबाट विदेशी लगानी भित्र्याउत तथा बन्दरगाह शहरमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको प्रवक्ता गुनावर्देनाले बताए ।

Advertisement

Advertisement

Advertisement