बैंक तथा वित्तीय संस्था परिसंघले ‘नेपाल व्यवसाय शिखर सम्मेलन’ आयोजना गर्ने

Advertisement

काठमाडौं । सरकारको समेत सहभागितामा बैंक तथा वित्तीय संस्था परिसंघ र नेपाल बिजनेस इन्स्टिच्युटले ‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ आयोजना हुने भएको छ । फागुन मसान्तभित्र आयोजना हुने यस सम्मेलनका लागि परिसंघ र इन्ष्टिचयुटबीच सम्झौता भएको हो । 

साथै, ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने नाराका माघभित्र देशका प्रमुख शहरहरुमा बृहत नीति संवाद तथा प्रदर्शनी हुनेछ । यससम्वन्धी सम्झौतपत्रमा परिसंघका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरे । 

Advertisement

शिखर सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्रााउने, निर्यात प्रवद्र्धन गर्ने र सो को लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्याउने उद्देश्य राखेको छ । 

सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरुको सिर्जना हुने, लगानीका सम्भावित क्षेत्रहरुको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिलाहरु उद्यम तथा व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरुको स्तरोन्नतिसहित नवप्रर्वतन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवद्र्धन हुने तीन तहकै सरकार, निजी क्षेत्र र कुटनीतिक नियोगविच सम्बन्ध विस्तार भइ उच्चस्तरको नेटवर्किङ् हुने अपेक्षा समेत राखिएको छ ।

Advertisement

Advertisement