‘विकिनी किलर’का रुपमा परिचित अपराधी शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले ‘विकिनी किलर’का रुपमा विश्वभर नाम कहलिएका कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई छाड्न आदेश दिएको हो । शोभराजले आफूलाई तोकिएको अवधिभन्दा बढी कैद राखिएकाले कैदमुक्त हुन पाउँ भन्दै निवेदन दिएका थिए । 

Advertisement

सोही निवेदनमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्धयले निवेदनको माग जायज ठहर्‍याएर थुनामुक्त गरेको हो । शोभराजले आफ्ना कानून व्यवसायीमार्फत पटकपटक सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गराएका थिए । 

उनलाई जिल्ला अदालत भक्तपुरले २०३२ मंसिर २८ मा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

Advertisement

Advertisement