प्रोटिनमाथिको अधिकारका लागि भेटेरिनरी एशोसियशनले ‘राइट्स टू प्रोटिन रन’ आयोजना गर्ने

Advertisement

काठमाडौं । प्रोटिनजन्य पदार्थमा मानिसहरुको पहुँच बढाउन नेपाल भेटेरिनरी एशोसियशनले यस बर्ष पनि ‘राइट्स टू प्रोटिन रन’ नाराका साथ हाफ म्याराथन आयोजना गर्ने भएको छ । एशोसियशनले बिहीबार पत्रकार सम्मेलन गरी आउँदो माघ ७ मा यो दौड आयोजना गर्न लागेको बताएको हो । 

यसअघिको म्याराथनमा दुई हजार तीन सय सहभागी रहेको अबका दौडमा तीन हजारदेखि पाँच हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ । यसअघि ‘रन फर प्रोटिन’ नाराका साथ यो दौड प्रतियोगिता आयोजना भए पनि यस पटक नाम संशोधन गरी ‘राइट्स टू प्रोटिन रन’ राखिएको हो । 

Advertisement

एशोसिशयनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले प्रोटिनको अभावका कारण नेपालमा पनि लाखौं मानिस कुपोषणको शिकार हुने गरेको र बर्षमुनीका ४० लाख बालबालिका पुड्को हुने समस्याबाट ग्रसित रहेको उदाहरण दिँदै यसमा आर्थिक अभावसँगै जनचेतनाको कमी कारणको रुपमा रहेको बताए । 

उनले विशेषगरी प्रोटिनजन्य पदार्थहरु दूध, माछा, मासु, अण्डा, गेडागुडी आदिको हिस्सा कम हुँदा मानिसहरुमा कुपोषित हुने, पुड्को हुने जस्ता समस्या आउने बताउँदै जनचेतनाको कमीका कारण मानिसहरु सन्तुलित आहारबाट बन्चित हुने अवस्था कम गर्न र प्रोटिनजन्य खाने कुरा खान प्रेरित गर्ने उद्देश्यले हाफ म्याराथन आयोजना गर्न थालिएको बताए । 

विभिन्न विधामा आयोजना हुने यस प्रतियोगितामा सहभागी उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । बिहान ७ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुने दौड सोही ठाउँमा आएर टुंगिने छ । गत वर्षको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम भएकी थिइन भने पुरुषतर्फ तीर्थ पुन प्रथम भएका थिए । 

यस प्रतियोगितामा खुल्ला हाफ म्याराथान, पुरुष १० किमि, महिला पाँच किमि, १२ कक्षासम्मका विद्यार्थीलाई पाँच किमि (पुरुष) र तीन किमि (महिला) र फरक क्षमता भएका व्यतिmहरुको लागि ह्विलचेयर विधाका दौडहरु समावेश गरिएका छन् । 

यस कार्यक्रमको जम्मा पुरस्कार राशी करसहित १३ लाख ७६ हजार ६६६ रुपियाँ रहेको छ । हाफ म्याराथनमा प्रथम पुरस्कार विजेताको पुरस्कार राशी एक लाख रहेको छ भने पाँचौ स्थानसम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था रहेको छ । आफूले भाग लिएको विधामा दौड पुरा गर्ने प्रतियोगीलाई मेडलको व्यवस्था समेत रहेको एशोसियशनका अध्यक्ष श्रेष्ठले बताए ।

दौड प्रतियोगितालाई नेपाल एथलेटिक एशोसिएसनले मान्यता दिनुका साथै प्राविधिक सहयोग समेत गरेकोे उनले बताए । कार्यक्रममा सहभागी हुन ईसेवा वा फोनपेबाट तीन सय रुपियाँ शुल्क तिरी अनलाईनबाट रजिष्टे«शन गर्न सकिने श्रेष्ठले बताए । सहभागीलाई दर्ता शुल्क बापत टिसर्ट र रिफ्रेसमेन्ट प्रदान गरिनेछ ।

Advertisement

Advertisement