नेपालको जेलमा १९ बर्षभन्दा बढी समय बिताएर निस्किए चार्ल्स शोभराज

Advertisement

काठमाडौं । ‘विकिनि किलर’को रुपमा परिचित र दर्जनौंको हत्यामा संलग्न रहेको भन्दै दोषी ठहरिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्ष ३ महिना ७ दिन नेपाली जेलमा बिताएर शुक्रबार छुटेका छन् ।

नेपालमा दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई केन्द्रीय कारागारमा रहेका उनलाई सर्वोच्च अदालतले जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाउन आदेश दिएपछि रिहा भएका हुन् । 

Advertisement

मुटुको समस्याबाट पीडित रहेका शोभराजले भने आफू निर्दोष रहेको र फँसाउने काम गरिएको दावी गर्दै आएका छन् । उनलाई भक्तपुर जिल्ला अदालतको फैसलाअनुसार २०६० असोज २ देखि २०८० असोज १ गते (२०) वर्षको कैद सजाय सुनाइएको थियो । 

ज्येष्ठ नागरिक (६५ बर्षभन्दा बढी उमेर)ले पाउने कैद छुटअन्तर्गत २० बर्षभन्दा अगाडि नै शोभराजले जेलबाट बाहिरिन पाउका हुन् । उनले आफ्नो रिहाईका लागि सर्वोच्च अदालतमा निवेदन पनि दिएका थिए । उनले आफू निर्दोष हुँदाहुँदै जेलमा राखिएकाले क्षतिपूर्तिका लागि लड्ने बताएका छन् । 

Advertisement

Advertisement