त्रिभुवन विमानस्थल १९ किलो सुनसहित एक सुडानी पक्राउ, परीक्षण बाँकी

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९ किलो सुनसहित एक विदेशीलाई पक्राउ गरिएको छ । भन्सार कार्यालयले चेकजाँच गर्दा सुन जस्तो वस्तुसहित एक सुडानीलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्ने सुडानका मोहम्मद अहमद डाफल्ला सराफलदिनलाई पक्राउ गरिएको विमानस्थलका प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले जानकारी दिए । सेतो लिक्विड बनाएर बेल्ट जसरी कम्मरमा बाधेर ल्याएका सराफलदिनलाई चेकजाँच गर्दा पक्राउ गरिएको हो । 

Advertisement

श्रेष्ठका अनुसार प्रारम्भिक रुपमा सुन भएको अनुमान गरिएको बताउँदै भने, ‘अहिले हेर्दा सुन जस्तो देखिएको छ । प्रयोशालामा पठाएपछि के हो ? थाहा हुन्छ ।’ ती व्यक्तिले अरबिक भाषा बोल्ने भएकाले दोभासेमार्फत थप छानविन गर्नुपर्ने देखिएको जनाइएको छ । 

दुवईबाट आएका ती सुडानी विमानस्थलमा दिउसो २.१५ बजे अवतरण गरेका थिए । उनी १५ दिनको टुरिष्ट भिसामा नेपाल आएका हुन् । उनलाई आजै थुनामा पठाइएको र थप छानविन र मुद्दा प्रक्रिया आइतबार अघि बढ्ने जनाइएको छ । 

Advertisement

Advertisement