नेपाल बैंकर्स संघको कार्यवाहक अध्यक्षमा केसी चयन

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघको कार्यवाहक अध्यक्षमा सुनिल केसी चयन भएका छन् । उनी एनएमबि बैंकका सीईओ हुन् । 

संघको अध्यक्ष रहेका कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायको कार्यकाल सकिएपछि आज बसेको बैठकले केसीलाई कार्यवाहक अध्यक्ष चयन गरेको हो । 

Advertisement

नयाँ अध्यक्ष चयन नभएसम्मका लागि केसीले कार्यवाहक अध्यक्ष जिम्मेवारी पाएका हुन् । 

Advertisement

Advertisement