व्यवसायी ‘सौरभ ज्योति’को नयाँ गीत ‘मेरो देश’ सार्वजनिक

Advertisement

काठमाडौं । व्यावसायिक व्यक्तित्व र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक सौरभ ज्योतिको नयाँ गीत ‘मेरो देश’ बजारमा रिलिज भएको छ ।

सफल व्यवसायी सौरभ संगीतमा पनि गहिरो रुचि राख्छन् । शुक्रबार रिलिज भएको यो गीत मार्फत उनले आफ्नो देश र ग्राहकहरुप्रति माया दर्शाउन खोजेका छन् । गायन बाहेक उनी यो गीतको निर्माता पनि हुन् ।

Advertisement

ज्योति ग्रुपले ५० वर्षभन्दा बढी समयदेखि राष्ट्रिय विकासका लागि काम गर्दै पहिलो स्टिल प्लान्ट-हिमाल आइरन, पहिलो अक्सिजन प्लान्ट-हिमाल अक्सिजन र पहिलो वायर प्लान्ट–हिमाल वायर्स, स्थापना गरी देशमा योगदान पुर्याएको छ । 

ज्योति ग्रुप (उत्पादन, व्यापार, सेवा र लगानी) क्षेत्रमा कार्यरत छ ।
 

Advertisement

Advertisement