इण्डियाले बिजुली किन्दैन कि ? भनेर पीपीए रोक्नु प्राधिकरणको मुर्ख्याईं होः गोल्याण

Advertisement

काठमाडौं । उद्योगपति पवन गोल्याणले इण्डियाले बिजुली किन्दैन भनेर निजी क्षेत्रका उर्जा उत्पादकहरुसँग विद्युत खरीद बिक्री सम्झौता (पीपीए) रोक्नु नेपाल विद्युत प्राधिकरणको मुर्ख्याईं भएको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले चार बर्षदेखि प्राधिकरणले पीपीए रोकेर गल्ती गरेको भन्दै उनले यसले राज्यलाई ठूलो नोक्सान गर्ने बताए । आन्तरिक उत्पादनले मात्रै इण्डियाको विद्युतको माग धान्नसक्ने अवस्था नरहेको बताउँदै गोल्याणले उसलाई आयातको विकल्प नरहेको बताए ।  

Advertisement

उनले भने, ‘जलविद्युतको कुरा गर्दा इण्डियालाई बिजुली चाहिएको छ । उसलाई पुगेको छैन् । इण्डियाको अहिले नेपालसँग सम्वन्ध पनि राम्रै छ । किन भने उसले आफ्नो स्वार्थमा सम्वन्ध राम्रो गर्न खोजेको हो, बिजुली चाहिएकोले । अब बन्ने प्रधानमन्त्रीले इण्डिया गएपछि त्यहाँको प्रधानमन्त्रीसँग कुरा गरेर नेपाल बनेको सबै आयोजना, चाहे चीनले बनाओस वा अरु कुनै देशले, सबैमा नेपालको स्वामित्व छ । तपाईंले बिजुली किन्नुपर्छ भनेर प्रस्ताव राख्नसक्नुपर्छ । र, निजी क्षेत्रलाई पनि खोल्दिनुपर्यो । पावर ट्रेडिङ कम्पनी इण्डियाले खोलिसक्यो । नेपालले खोलेको छैन् । विद्युत प्राधिकरणले मात्रै गर्न सक्दैन् ।’

आउने पाँच बर्षमा १० हजार मेगावाट होइन्, पाँच हजार मेगावाट मात्रै विजुली थप्न सकियो भने हाम्रो भुक्तानी सन्तुलनको समस्या समाधान हुन्छ भन्दै गोल्याणले कृषि, वनपैदावार, जलविद्युतबाट नेपालको अर्थतन्त्र सुधार्न सकिने बताए । उनले थपे, ‘भारतले नेपालको विजुली नकिन्ने अवस्था आउँदैन । किनभने इण्डियाले फोस्युअल फ्युल प्रतिस्थापन गर्नुपर्नेछ । त्यसको विकल्पमा सौर्य उर्जा, वायु उर्जा उत्पादन गर्ने भनेको १०–२० हजार हो । आणविक उर्जा उत्पादनमा पनि धेरै खालका कठिनाई र जोखिम छन् । खर्च छ । हाइड्रोजन फ्युल बनाउन पनि बिजुली नै चाहिन्छ । इण्डियालाई चाहिने विद्युत लाखौं मेगावाट हो । यो माग बढ्दै पनि जान्छ ।’ 

उद्योगपति गोल्याणले अबको विश्वको आवश्यकता क्लिन इनर्जी हो भन्दै जलविद्युतको माग अझै बढेर जाने बताए । उनले भने, ‘अहिले जुन देशमा पनि सामान खोज्दा क्लिन इनर्जीबाट बनेको चाहियो भन्ने भइसक्यो ।’ उर्जा क्षेत्रमा जतिसुकै नयाँ प्रविधि आए पनि मागअनुसार उत्पादन बढाउँदै जान इण्डियालाई कठिनाई भएकाले उसलाई आयातको विकल्प नरहेको गोल्याणको तर्क छ । 

उनले सौर्य उर्जा, वायु उर्जा जस्ता वैकल्पिक उर्जाहरुका क्षेत्रमा नयाँ नयाँ प्रविधि आउँदैमा र ती प्रविधिको लागत घट्दैमा ठूलो परिणाममा त्यसबाट उर्जा उत्पालन भएर इण्डियाको आन्तरिक माग पूरा हुनसक्ने जिकिर गर्दै छिमेकी देशबाट आयात गर्नुपर्ने बाध्यता हुने बताए । 

गोल्याणले भने, ‘सोलार इनर्जी उत्पादनमा लागत घटेको कुरा पनि सत्य होइन् । झन बढेको छ । यदि भोली घटे पनि त्यसले अन्य उर्जा उत्पादनमा खासै प्रभाव पार्दैन् । किनभने सोलारका लागि त्यहीअनुसार भने जस्तो ठाउँ पनि चाहियो । त्यस्तो ठाउँहरु खोज्न कति संभव होला ? के तपाईं खेती गर्ने ठाउँ र जंगल मासेर सोलार राख्न सक्नुहुन्छ ? सक्नुहुन्न । इण्डियाले मरुभूमितिर गर्नसक्ला । अरु क्षेत्रमा ठाउँ खोज्न गाह्रै हुन्छ । वायुका लागि पनि हावा चल्ने र सुरक्षित ठाउँहरु चाहिन्छ ।’ 

जलविद्युतबाट पनि इण्डियाले चाहेजति विद्युत तत्काल उत्पादन गर्नसक्ने अवस्था नरहेकाले नेपालको बिजुली निर्यात गर्न सकिने बताउँदै आयात निर्यातमा कहिलेकाहीं केही सातातिना समस्या आए कुटनीतिक तरिकाले समाधान गर्न सकिने उनले बताए । तर इण्डियाले बिजुली किन्दैन कि भन्ने आशंकामा बर्षौंसम्म पीपीए रोक्ने प्राधिकरणको कार्य ठिक होइन् भने । गोल्याणले भने, ‘ इण्डियाले बिजुली किन्दैन भनेर पीपीए नगर्ने कुरा एनईए (नेपाल विद्युत प्राधिकरण)को मुख्याईं हो ।’
 

Advertisement

Advertisement