मन्त्रीबाट विदा हुँदा कुँवरको प्रश्न– देश वैदेशिक रोजगारी र रेमिट्यान्समा कति दिन रमाउने ?

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीबाट विदा हुने क्रममा शेरबहादुर कुँवरले नेपालमा नै रोजगारी सिर्जना गर्न नयाँ सरकारले आवश्यक काम गर्नुपर्ने बताएका छन् । 

सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले सधैं युवालाई विदेश पठाएर देश विकास नहुने भन्दै देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताए । कुँवरले आफ्नो प्रगति विवरण सुनाउँदै नेपालमा सबैभन्दा चुनौतिको विषय स्वदेशमा नै रोजगारी सिर्जना गर्नु रहेको बताए । 

Advertisement

अहिले देश वैदेशिक रोजगार र रेमिट्यान्समा रमाए पनि यसबाट दिगो खुशी र समृद्धि नमिल्ने कुँवरको भनाई छ । उनले स्वदेशमा नै रोजगारी सिर्जना गर्ने कुरालाई कर्मचारीतन्त्रले दूरदृष्टि राखेर काम गर्न आवश्यक रहेको बताए । 

कुँवरले पुनः एकीकरणको कार्यक्रमबाट पनि रोजगारी सिर्जना गर्नसकिने र सामाजिक सुरक्षा कोषको दायरालाई बढाउँदा पनि नेपालमा रोजगारीको मात्रा सिर्जना हुने बताए । उनले नेपालमा रोजगारी सिर्जना भएका ठाउँमा नेपाली श्रमिकहरु नहुनु दुःखद् भएको बताए । 

मन्त्री कुँवरले नयाँ सरकार गठनको प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताए । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या दिनप्रतिदिन बढिरहेकाले उनीहरुको समस्या समाधान गर्न हिच्किचाहट नगर्न आग्रह गरे । 

Advertisement

Advertisement