मन्त्री पद सक्किएपछि कार्कीको प्रतिवद्धता– नेपाललाई आईटी हब बनाउन के गर्नुपर्छ ? म तयार छु

Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आईटीको हब बनाउनुपर्ने धारणा अघि सारेका छन् । 

मन्त्री पद सक्किएसँगै घर जान लागेका उनले सोमवार मन्त्रालयमा नेपाल आईटी र शिक्षाको केन्द्र बन्न सबै किसिमबाट उपयुक्त भएको बताए । देशलाई अबको पाँच वर्षमा आईटीको हबको रुपमा विकास गर्न जरुरी रहेको कार्कीको भनाई छ । 

Advertisement

उनले नेपाली युवायुवतीहरु विदेशिन बाध्य भएको भन्दै देशका युवायुवतीहरुलाई घर, परिवार र आफ्नै समाजमा बसेर विदेशी मुद्रा आर्जन गराउने आईटी हब नेपाललाई बनाउनुपर्ने बताए । कार्कीले नेपाललाई आईटीको हब बनाउने कुरामा आफू सदैव सकारात्मक र सहयोगी हुने प्रतिवद्धतासमेत जनाए । 

उनले आगामी ५ वर्षमा पूर्वाधार, जलश्रोतको विकास गरेर मुलुकले गति लिएको आभाष जनतालाई दिनुपर्ने बताए । कार्कीले भने, ‘अहिले विदेशमा हाम्रा धेरै युवायुवतीहरु जानुपरेको छ । उहाँहरुले पठाएको रेमिट्यान्सबाट हाम्रो मुलुकको अर्थतन्त्र चल्नमा धेरै ठूलो मद्दत गरेको छ । हामीले हाम्रै देशका युवायुवतीहरुलाई हाम्रै घर परिवारसँग बसेर समाजमा बसेर एउटा ५० हजारको ल्यापटप किनेर विदेशी मुद्रा आर्जन गराउने आईटी हब नेपाललाई कसरी बनाउन सकिन्छ ? त्यस दिशातर्फ हाम्रो ध्यान गम्भीर रुपले जान जरुरी छ । त्यस दिशातर्फ मुलुकलाई उन्मुख गर्न मेरो योगदान रहन्छ । हाम्रो देश आइटी हब हुनका निमित्त सबै हिसावले (क्लाइमेट, शिक्षा) लगायत सबै हिसावले आइटी हब बनाउन जरुरी छ । पूर्वाधार, जलश्रोतको विकास गरेर मुलुकले गति लिएको आभाष जनतालाई दिनुपर्छ ।’ 
 

Advertisement

Advertisement