ठमेलका अव्यवस्थित तारहरु मिलाउँदै परिषद, नेपाली नयाँ वर्षमा पर्यटन महोत्सव गर्ने तयारी

Advertisement

काठमाडौं । ठमेल पर्यटन विकास परिषदले ठमेलमा अव्यवस्थित तारहरु व्यवस्थापनको काम सुरु गरेको छ । परिषदले ठमेललाई व्यवस्थित र सुन्दर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भन्दै सम्वन्धित सेवा प्रदायकहरुसँग मिलेर अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्ने अभियान चलाएको हो । 

परिषदका अध्यक्ष भविश्वर शर्माले विशेषगरी पोलहरुमा गुजुल्टो परेका र लथालिंग ढंगले तानिएका तारहरुले पर्यटकीय क्षेत्र ठमेलको शोभा विगारेको बताउँदै सम्वन्धित पक्षलाई बारम्बार आग्रह गर्दा पनि खासै चासो नदिएकाले परिषदकै अग्रसरतामा तर व्यवस्थानको काम अघि बढाइएको बताए । 

Advertisement

साथै, उनले आउँदो नेपाली नयाँ वर्षलाई लक्षित गर्दै ठमेल पर्यटन महत्सवको आयोजना गर्नेबारे अध्ययन गरिरहेको बताए । उक्त महोत्सवलाई समेत लक्षित गरी गएको मंसिरदेखि नै तार व्यवस्थापनको काम सुरु गरेको सुनाउँदै शर्माले हालसम्म २१ टिप काटिएका तार फालिसकिएको बताए । उनले अबको १५ देखि २० दिनभित्र ठमेल क्षेत्र बाँकी रहेका तारहरु व्यवस्थित गरिसक्ने उनले बताए । 

बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ‘फ्रि भेइकल जोन’ गराएर ठमेलमा आउने विदेशी तथा आन्तरिक पर्यटकहरुलाई सहज तरिकाले घुम्ने, बस्ने, चाहेको रेस्टुरेन्टहरुमा जाने, वातावरण बनाइसकेको दावी गर्दै त्यसले पर्यटकहरुमा सकारात्मक सन्देश पनि गएको बताए । 

ठमेल क्षेत्रमा विगतमा माग्ने र सडक बालबालिकाको समस्या रहे पनि अहिले करिब ६० प्रतिशत व्यवस्थापन गरिएको सुनाउँदै शर्माले यो समस्यालाई अधिकतम् व्यवस्थापन गर्ने प्रयास भइरहेको बताए । तार व्यवस्थापनपछि शान्ति सुरक्षाका लागि सम्वन्धित निकायसँग कुरा गर्ने उनले बताए । 

शर्माले सादा पोषाकका ५० जना सुरक्षाकर्मीलाई चोक चोकमा राख्न आवश्यक रहेको बताउँदै त्यसका लागि आग्रह गरिने बताए । यस्तो गर्न सकिने ठमेलभित्र हुने कुनै पनि नराम्रा गतिविधिमा धेरै नियन्त्रण हुने बताए । परिषदले हरेक गल्लीमा सडक बत्ति राख्ने, सीसी क्यामेराहरु राख्ने अभियान पनि चलाउने उनले बताए । 

ठमेलभन्दा बाहिरको होटलहरु महँगो रहेको र ती होटलमा बस्न पर्यटक बाध्य रहेको जिकिर गर्दै शर्माले मार्केटिङ गरेर ‘ठमेल जाउँ, ठमेलमा खाउ, ठमेलमा घुमौ’ भन्ने नारा बनाएर लैजान सकिने बताए । उनले यसै आर्थिक बर्षभित्र ठमेलमा धेरै परिवर्तन हुने बताए । 

ठमेलमा फोहोर व्यवस्थापनमा खासै सुधार गर्न नसकिएको स्वीकार गर्दै शर्माले अहिले टोल टोलमा समितिहरु बनाएन्े र र हप्तामा एक पटक आफै टँेल् सफा गर्ने अभियान सुरु गरिएको बताए । पहिला फोहोर एक ठाउँमा थुपारेर बिहान उठाउने चलन रहे पनि अहिले भने नथुपारिकन राति नै बाहिर निकाल्ने कामको सुरुवात भएको बताए । 

कोभिडको समयमा ठमेलबाट धेरै व्यवसायी विस्थापित हुनुपरेको सुनाउँदै शर्माले ट्राभल एजेन्सी, टे«किङ एजेन्सीहरु बढी विस्थापित भएको बताए । यद्यपि अहिले धेरै उनीहरु ठमेल फर्किएको उनले सुनाए । शर्मा व्यवसायीहरु विस्थापित नहुने गरी उचित वातावरण बनाउन परिषद क्रियाशील रहेको बताए । 

Advertisement

Advertisement