वाणिज्य बैंकहरुमा आठ दिनमा २४ अर्ब निक्षेप थपिंदा कर्जा लगानी एक अर्ब घट्यो

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा पुस महिनाको ८ दिनमा २४ अर्ब निक्षेप थपिंदा कर्जा लगानी १ अर्बले घटेको छ । 

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ अनुसार पुस ८ गतेसम्म निक्षेप बढेर ४६ खर्ब ४५ अर्ब पुगेको छ । 

Advertisement

संघका अनुसार चालु आवको साउन महिनामा कूल निक्षेप ४४ खर्ब ३३ अर्ब, भदौ महिनामा ४४ खर्ब ८६ अर्ब, असोज महिनामा ४५ खर्ब ४७ अर्ब, कात्तिक महिनामा ४५ खर्ब ६३ अर्ब र मंसिर महिनामा निक्षेप बढेर ४६ खर्ब २१ अर्ब पुगेको थियो । गत आव आव २०७८÷७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको थियो ।

यता पुुस महिनाको ८ गतेसम्ममा कर्जा लगानी १ अर्बले घटेर ४२ खर्ब २३ अर्बमा झरेको छ ।  

चालु आवको साउन महिनामा कूल कर्जा लगानी ४१ अर्ब ७७ अर्ब, भदौ महिनामा ४१ खर्ब ९० अर्ब,  असोज मसान्तसम्म ४२ अर्ब २० अर्ब, कात्तिक महिना ४२ खर्ब २२ अर्ब र मंसिर महिनामा बढेर ४२ खर्ब २४ अर्ब  पुगेको थियो । गत आवको अन्तिम महिना असार मसान्तसम्म कूल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब थियो ।

पुस ८ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो घटेर ८६.०६ प्रतिशतमा झरेको छ । मंसिर २९ गतेसम्ममा वाणिज्य बैंकहरुको औसत सीडी रेसियो घटेर ८६.४० प्रतिशत थियो ।  

Advertisement

Advertisement