बुद्ध एयरको सबै आन्तरिक उडान अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट

Advertisement

काठमाडौं । बुद्ध एयरले जनवरी १ (पुस १७)देखि सबै उडान पोखरा क्षेत्रीय​ अन्तरराष्ट्रिय विमानस्थलबाट गर्ने भएको छ । अंग्रेजी नयाँ बर्षको अवसर पारेर औपचारिक सञ्चालन गर्न लागिएको पोखरा विमानस्थलबाट बुद्ध एयरले आफ्ना सबै उडान भर्न लागेको हो । 

उक्त कम्पनीले नयाँ विमानस्थलबाट आफ्ना सबै उडान सञ्चालन गर्न तयारी पूरा भइसकेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन र्याम्प बस राराखिएको छ । 

Advertisement

पोखरा विमानस्थलमा बुध्द एयरका लागि चेक–इन काउण्टर नं. ३, ४ र ५ तोकिएको छ । लगेजको तौल तथा सुरक्षा चेक जाँचमा समय लाग्ने हुँदा समयमै यात्रुलाई चेक–इन गर्न आग्रह गर्दै कम्पनीले नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्ने हुँदा पोखराबाट यात्रा गर्ने यात्रुहरु टिकटमा उल्लेख गरिएको समयभन्दा २ घण्टा अगावै विमानस्थल पुगी चेक–इन गर्न आग्रह गरेको छ । 

पोखरा विमानस्थलमा पनि काठमाडौं जस्तै देशका अन्य गन्तव्यलाई क्रमशः जोड्दै लाने आफ्नो योजना रहेको बुद्ध एयरको भनाई छ । पोखरामा आउँदो फेब्रुअरी २३ देखि रात्रीकालिन उडान पनि गर्ने उसले जानकारी दिएको छ । 

अन्तर्राष्ट्रियतर्फ अनुमति पाए लगत्तै बुद्ध एयरले पोखराबाट भारतको वाराणसी पनि उडान भर्ने जानकारी दिएको छ । यस वायुसेवा कम्पनीसँग ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ जहाज रहेको छ । निकट भविष्यमै बुध्द एयरले थप ३ वटा एटीआर–७२ भित्र्याउन लागेको बताएको छ । 

पोखरा विमानस्थलमा आइएफआर प्रविधि पनि जडान गरिएको र कम भिजिविटि तथा रातिमा पनि उडान भर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । 

Advertisement

Advertisement