पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन मौका नयाँ प्रधानमन्त्रीलाई, एक बर्षसम्म छुट घोषणा

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ बर्षको अवसर पारेर यही जनवरी १ (पुस १७)मा औपचारिक सञ्चालनको तयारी गरिएको छ । 

उक्त विमास्थलको उद्घाटन नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तयारी भएको छ । यसअघि हालै प्रधानमन्त्रीबाट पदमुक्त भएका शेरबहादुर देउवा वा राष्ट्रपति विद्या भण्डारीबाट उक्त विमानस्थल उद्घाटनको तयारी गरिए पनि सरकार परिवर्तन भएपछि दाहालले गर्न लागेका हुन् । 

Advertisement

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पोखरा विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने बताए । विमास्थलको उद्घाटनको मितिदेखि एक वर्षको लागि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई जहाज अवतरण, विसान, सञ्चार र सुरक्षा शुल्कमा सत प्रतिशत छुट गरिएको पनि बताए । 

उक्त विमानस्थलमा स्वदेशी र विदेशी एयरलाइन्स कम्पनीहरुलाई आकर्षित गर्न यस्तो गरिएको प्राधिकरणको भनाई छ । चिनियाँ सहुलियत ऋणमा चिनियाँ निर्माण कम्पनीले निर्माण गरेको पोखरा विमानस्थल सञ्चालनमा आएपछि सो क्षेत्रका साथै पश्चिमाञ्चल क्षेत्रको विमासमा नै सहयोग पुग्ने आशा लिइएको छ । 

Advertisement

Advertisement