प्रभु र सेञ्चुरी बैंकको साधारण सभाबाट मर्जर र लाभांश पारित, एकीकृत कारोबारको बाटो खुल्यो

Advertisement

काठमाडौं । मर्जर प्रक्रियामा रहेका प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक दुबैको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । मर्जरपश्चात प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ।

दुबै बैंकका साधारण सभाबाट प्रभुले सेञ्चुरी बैंकलाई १ः१ शेयर स्वाप रेसियामा प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो । गत साउन १५ गते यी दुुई बैंकबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।

Advertisement

यसैक्रममा प्रभु बैंकको २१औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको हो । बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा वार्षिक साधारणसभा सम्पन्न भएको हो । साथै सभाले ६.५ प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश पारित गरेको छ । 

यता, सेञ्चुरी कमर्सियल बैंकको बाह्रौ वार्षिक साधारण सभा आजै सम्पन्न भएको हो । सभा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठज्यूको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद«काली काठमाडौंमा सम्पन्न भएको हो । 

साधारण सभाले शेयरधनीहरुलाई आव २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ९,५५,३९,०९,१९८.८९ को ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै  साधारण सभाले  लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ । 

चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ९७.२९ अर्व र कर्जा रकम रु. ८७.४५ अर्व परिचालन गरी रु. ३१.८५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

Advertisement

Advertisement