विद्युत आयात झन बढ्यो, प्रतियुनिट लागत २४ रुपियाँभन्दा बढीसम्म

Advertisement

काठमाडौं । सुख्खायामका कारण विद्युत उत्पादन घट्दा भारतबाट विद्युत आयात झन बढेर गएको छ । गएको पाँच दिनमै विद्युत आयात करिव सय मेगावाटले बढेको छ । 

यसअघि भारतलाई सस्तो दरमा विद्युत बिक्री गर्दै आएको प्राधिकरणले आयात भने दोब्बर महंगोमा गर्न बाध्य हुँदै आएको छ । आज बिहीबार भारतबाट ३३५ मेगावाट विद्युत आयात भएको छ । जबकी गएको शुक्रबार 

Advertisement

प्राधिकरणले प्रतियुनिट १९ रुपियाँ २० पैसासम्म (पिक आवरमा) मूल्य तिरेर विद्युत आयात गरिरहेको छ । भारतको खुल्ला बजारबाट आयात हुने यस्तो बिजुलीको सरदर मूल्य १० रुपियाँभन्दा बढी पर्छ । यसमा ५० पैसा आईबीबीएनको कमिशन, ह्विलिङ चार्ज ५० पैसा र सिस्टममा हुने १५ प्रतिशत लस (नोक्सानी)समेत जोड्दा पिक आवरमा प्रतियुनिट २४ रुपियाँभन्दा बढी पर्छ । यसअघि प्राधिकरणले निर्यात भने करिव आठ रुपियाँ प्रतियुनिटमा गर्ने गरेको थियो । 

नेपालमा नदीहरुमा पानी घट्ने क्रम जारी रहेकाले उत्पादन अझै घट्ने र आयात अझै बढ्ने देखिन्छ । आज आयात भइरहेको विद्युत हिसाव गर्दा पनि प्रतिदिन करिव छ करोड रुपियाँको विद्युत आयात भइरहेको र यो दर अझै बढ्ने प्राधिकरणको अनुमान छ । 

यसअघि प्राधिकरणले यस बर्ष साढे पाँच महिनामा विद्युत बिक्रीबाट १० अर्ब ३८ करोड रुपियाँ आम्दानी भएको बताए पनि बढ्दो आयातले गर्दा उक्त रकमभन्दा आयात भएको रकम धेरै हुने लक्षण देखिएको छ । 

यता प्राधिकरणले भने भारतले विद्युत आयात गर्ने कुराको सुनिश्चितता नरहेको भन्दै विगत चार बर्षदेखि निजी क्षेत्रका प्रवर्द्धकहरुसँग विद्युत खरीद बिक्री सम्झौता (पीपीए) गर्न आनाकानी गर्दै आएको छ । निजी क्षेत्रले पीपीए गर्न माग गर्दै आए पनि प्राधिकरणले भने जोखिम लिन नसकिने भन्दै पीपीए गर्न आनाकानी गर्दै आएको हो । प्राधिकरणको नीतिले जलविद्युत क्षेत्रमा निजी क्षेत्रको थप लगानी निरुत्साहित हुँदै जाने परिस्थिति बनेको छ । बर्खायाममा ठूलो मात्रामा विद्युत खेर फाल्न बाध्य हुँदै आएको प्राधिकरणले केही बिजुली निर्यात गरेर खुशी मनाउने गरे पनि विद्युत आयात निर्यातको सन्तुलन मिलाउन नसक्दा मुलुकलाई ठूलो नोक्सान हुने गरेको छ । 
 

Advertisement

Advertisement