शनिबार साँझ ठमेलमा सडक महोत्सव तथा न्यू इयर इभ आयोजना हुँदै

Advertisement

काठमाडौं । ठमेल पर्यटन विकास परिषदले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पूर्वसन्ध्यामा न्यू इयर इभ तथा ठमेल सडक महोत्सव आयोजना गर्ने भएको छ । परिषदले शुक्रबार पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी दिएको हो । 

भोलि शनिबार अपरान्ह ठमेलस्थित केशरमहल सञ्चय कोष अगाडि आयोजना हुने ठमेल सडक महोत्समा नेपाली मैलिक कला, साङ्गीतिक कार्यक्रम आयोजना हुनेछ । कार्यक्रम राति १२ः३० बजे सम्पन्न हुने परिषदका अध्यक्ष भविश्वर शर्माले जानकारी दिए । 

Advertisement

ठमेलको सबै व्यवसायीहरुले आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धन गरि नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यको रुपमा परिचित गराउने योजना रहेको सुनाउँदै उनले ठमेल आफैमा एउटा मैलिक पर्यटकीय गन्तव्य भएको बताए । 

कोभिड महामारीका कारण थला परेको यस पर्यटकीय क्षेत्र ठमेललाई पु्नःस्थापना गर्दै थप आकर्षक बनाउन परिषद्को संयोजनमा नेपाल टेलिकमलगायतका सेवा पर्दायकहरुले अव्यवस्थित तारहरु व्यवस्थापन गर्ने, सरसफाइमा जोड दिने, प्रचारप्रसार गर्ने काम हुँदै आएको छ । 

सडक महोत्सव तथा न्यू इयर इभको लागि सबै तयारी पूरा भइसकेको बताउँदै शर्माले यसमा काठमाडौं महानगरपालिकादेखि नेपाल पर्यटन बोर्डसम्मको आर्थिक तथा प्राविधिक सहयोग रहेको बताए । 

Advertisement

Advertisement