खुम्बु ल्होसार कप फुटबल माघ २८ देखि, आठ टिमले प्रतिस्पर्धा गर्ने

Advertisement

काठमाडौं । शेर्पा समुदायको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता खुम्बु ल्होसार कप माघ २८ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिताको यो १३औं संस्करण हो । 

शेर्पा समुदायको चाड ल्होसार (नयाँ वर्ष) पारेर विगत १२ बर्षदेखि यो प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रतियोगितको आयोजना खुम्जुङ युवा क्लबले गर्नेछ । 

Advertisement

सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौँमा रहेका युवाबीच हुने यस खेलको उद्देश्य शेर्पा युवाहरुलाई खेलकुदप्रति लगाव बढाउनु, उनीहरुको प्रतिभा प्रदर्शन गर्नु र समुदायलाई जोड्नु रहेको आयोजकको भनाई छ । 

खुम्बु ल्होसार कपको १३औं संस्करण यसअघि नै आयोजना हुनुपर्नेमा कोभिड महामारीका कारण स्थगित गरिएको थियो । प्रतियोगिता फागुन ६ गतेसम्म चल्नेछ । सानोगौचरणस्थित खेलमैदानमा हुने खेलका लागि अहिले प्रशिक्षण कार्य चलिरहेको जनाइएको छ । खेलमा आठ टिम सहभागी हुने । 

Advertisement

Advertisement