क्रोएशियालाई सीमाविहीन युरोप समूहमा मान्यता, आजदेखि युरोको प्रयोग सुरु

Advertisement

जाग्रेब (एएफपी) । क्रोएशियाले शनिबार रातिदेखि युरोपको राहदानी–मुक्त क्षेत्रमा प्रवेश गरेको छ । लगभग एक दशक अघि ईयूमा सामेल भएपछि क्रोएशियाको लागि यूरोपमा पासपोर्टबिना यात्रा गर्न पाइने अवसर र युरोपको संयुक्त मुद्रा युरो कारोबार गर्न पाउनु तत्काल यसका लागि दुई प्रमुख लाभ हुनेछन् ।     
     
स्थानीय समयानुसार शनिबार ११ बजे बाल्कन राष्ट्रले आफ्नो कुना मुद्रा प्रयोगलाई अन्त्य गर्नेछ र युरो क्षेत्रको २० औं सदस्य बन्नेछ । यो विश्वको सबैभन्दा ठूलो पासपोर्ट मुक्त सेन्जेन क्षेत्रको २७ औं राष्ट्र पनि हुनेछ । यसले ४० करोडभन्दा बढी आफ्ना नागरिकलाई आफ्ना सदस्यहरूको वरिपरि स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्षम बनाउनेछ ।     
     
रुसले युक्रेनमाथि गरेको आक्रमणले खाद्यान्न र इन्धनको मूल्य नियन्त्रणभन्दा बाहिर गएपछि विश्वव्यापी मुद्रास्फीति बढिरहेको बेला युरोको प्रयोगले क्रोएशियाको अर्थतन्त्रलाई जोगाउन मद्दत पुग्ने विज्ञहरूले बताएका छन् ।     
     
तर यसबारे क्रोएसियालीबीचको भावना मिश्रित छ । उनीहरू सीमा नियन्त्रणको अन्त्यको स्वागत गरेका छन् तर केहीले युरोको सुरूवातको बारेमा चिन्ता गरेका छन् । क्रोएसियाको दक्षिणपन्थी विपक्षी समूहले यसले जर्मनी र फ्रान्सजस्ता ठूला देशहरूलाई मात्र फाइदा पुर्याउने तर्क राख्दै आएका छन् ।     
     
जाग्रेबका ६३ वर्षीय निवृत्तिभरण बुझ्दै आएका ड्राजेन गोलेमाकले भने, “हामी हाम्रो मुद्रा (कुना)को प्रयोगको अन्त्यका कारण पछुताउनु पर्नेछ । किनकि यूरोको प्रयोगले देशमा मूल्य वृद्धि निम्त्याउनेछ । यद्यपि, उनकी पत्नी सान्ड्राले ‘युरो बढी मूल्यवान् छ’ भन्दै आफ्ना पतिको भनाइप्रति तत्काल असहमति जनाए ।     
     
‘जनवरी १ मा केही पनि परिवर्तन हुँदैन, सबै दुई दशकको लागि यूरोमा गणना गरिन्छ,’ क्रोशियाली कर सेवाका कर्मचारी नेभेन बेनिकले भने ।     
     
अधिकारीहरूले युरोजोन र सेन्जेनमा सामेल हुने निर्णयको बचाउ गरेका छन् । त्यस्तै, प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकले बुधबार भने, ‘बृहत् ईयू एकीकरणका दुई रणनीतिक लक्ष्यहरू थिए ।’     
     
– ‘स्थिरता र सुरक्षा’–
सन् १९९० को दशकमा ३९ लाख जनसङ्ख्या भएको युगोस्लाभियाली गणतन्त्र क्रोएसिया सन् २०१३ मा युरोपेली सङ्घमा सामेल भएको थियो ।     
     
युरो पहिलेदेखि नै क्रोएशियामा धेरै हदसम्म प्रचलनमा रहेको छ । करिब ८० प्रतिशत बैङ्क डिपोजिट यूरोमा अङ्कित छ र जाग्रेबका मुख्य व्यापारिक साझेदारहरू यूरो क्षेत्रमा रहेका छन् ।     
     
स्थानीय मुद्रामा विश्वासको कमी देखाउँदै क्रोएसियालीहरूले लामो समयदेखि आफ्नो कार र अपार्टमेन्टहरूजस्ता सबैभन्दा मूल्यवान सम्पत्तिहरू यूरोमा मुल्याङ्कन हुँदा मूल्यवान् हुने बताएका छन् ।     
     
‘निश्चित रूपमा युरोले (आर्थिक) स्थिरता र सुरक्षा ल्याउँछ,’ क्रोएसियाको राष्ट्रिय बैंक (एचएनबी) की एना साबिकले एएफपीसँग भने । विज्ञहरुका अनुसार युरोको प्रयोगले आर्थिक कठिनाइका बीच ऋणको अवस्था घट्नेछ ।     
     
क्रोएसियाको मुद्रास्फीति दर नोभेम्बरमा १३.५ प्रतिशत पुगेको छ भने युरो क्षेत्रमा मुद्रास्फीति १० प्रतिशत पुगेको छ ।     
     
पोल्याण्ड वा हङ्गेरीजस्ता युरोक्षेत्र बाहिरका मुद्रा भएका पूर्वी युरोपेली सङ्घका सदस्य राष्ट्रहरू बढ्दो मुद्रास्फीतिको चपेटामा परेको विश्लेषकहरू बताउँछन् ।     
     
–यूरोपको सीमारहित क्षेत्रमा समावेश–
सेन्जेन सीमारहित क्षेत्रमा क्रोएशियाको प्रवेशले एड्रियाटिक राष्ट्रको प्रमुख पर्यटन उद्योगलाई पनि बढावा दिनेछ, जसले यसको कुल गार्हस्थ उत्पादनको २० प्रतिशत हिस्सा ओगटेको छ ।     
     
युरोपेली सङ्घका सदस्य राष्ट्र स्लोभेनिया र हङ्गेरीसँग ७३ वटा स्थल सीमा नाकामा लामो लाइन लाग्नु क्रोस्एशियाका लागि इतिहास बन्नेछ । प्राविधिक समस्याका कारण विमानस्थलमा मार्च २६ मा मात्र सीमा जाँच सकिँदैछ ।     
     
क्रोएसियाले युरोपेली सङ्घ बाहिरका छिमेकी बोस्निया, मोन्टेनेग्रो र सर्बियासँगको पूर्वी सीमामा अझै कडा सीमा जाँच लागू गर्नेछ ।     
     
क्रोएशियाको यो प्रवेशसँगै एक हजार ३५० किलोमिटर (करिब ८४० माइल)मा रहेको इयूको सबैभन्दा लामो बाह्य सीमाको रक्षाका लागि अवैध आप्रवासनविरुद्धको लडाइँ मुख्य चुनौती बनेको छ ।

Advertisement

Advertisement

Advertisement