नेपालमा पर्यटनको राम्रो संभावना छ, तर ‘क्यास’ गर्नै सक्किएनः पर्यटन सचिव

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालमा पर्यटन विकासका राम्रो संभावना भएर पनि यसलाई ‘क्यास’ गर्न नसकिएको बताएका छन् । 

नेपाल पर्यटन बोर्डको २४औं वार्षिकोत्सवमा शनिबार उनले बदलिँदो विश्व परिस्थितिमा पर्यटन प्रवर्द्धनका लागि नयाँ रणनीति आवश्यक रहेको बताए । 

Advertisement

बोर्डका अध्यक्षसमेत रहेका अधिकारीले कोभिड महामारीले प्रभावित भएको पर्यटन उद्योग विस्तारै लयमा फर्किन थाल्नु राम्रो संकेत भएको बताए । सरकार निजी क्षेत्र र बोर्डबीचको समन्वय र सहकार्यमा पर्यटन प्रवर्द्धनका नयाँ कार्यक्रम गर्नुपर्ने बताउँदै उनले भने, ‘नेपालमा पर्यटनको सम्भावना नै सम्भावना छ । तर हामीले त्यसलाई क्यास गर्न सकेका छैनौं । यसलाई कसरी क्यास गर्ने ? भन्ने हाम्रो रणनीति हुनु पर्छ ।’ 

अधिकारीले थपे, ‘पछिल्लो समय पर्यटनका विश्वव्यापी प्रवृत्तिहरु परिवर्तन भएका छन् । ती सबैको अध्ययन गर्न सोही अनुरुपको रणनीति बनाउन आवश्यक छ ।’ 

बोर्डका उपाध्यक्ष चन्द्र रिजालले विगतका कमजोरीलाई सुधार गर्दै बोर्ड अगाडि बढ्नु आजको आवश्यक्ता भएको बताए । उनले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको खाँचो समेत औल्याए । 

बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको आर्थिक विकासमा पर्यटनको ठूलो योगदान रहेको उल्लेख गर्दै विदेशी मुद्रा आर्जन तथा रोजगारी सिर्जनाको लागि पर्यटन उद्योगलाई राज्यले थप प्राथमिकता दिनुपर्ने बताए । 

उनले अब नयाँ गन्तव्यको खोजी र विस्तारमा सरकार, बोर्ड र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । 

होटल संघ नेपाल (हान)की अध्यक्ष सिर्जना राणाले कोभिडले सबैभन्दा बढि प्रभावित क्षेत्र पर्यटन भएको र यसको पुनःरुत्थानका लागि अझै काम गर्नुपर्ने बताइन् । उनले पर्यटनलाई प्रादेशिक संरचना अनुरुपको प्रडक्ट विकास गरी प्रर्वद्धन गर्नुपर्ने बताइन् । 

सो अवसरमा कोभिड महामारीको समयमा नेपालको पर्यटन क्षेत्रलाई पुर्नजिवित गर्न संस्थागत ढंगले योगदान गर्ने, हान, ट्रेकिङ एजेन्सिज एशोसिएन अफ नेपाल (टान) , नेपाल माउन्टेनेरिङ एशोसियसन (एनएमए), नेपाल एशोसिएन अफ र्याफिटिङ एजेन्सिज (नारा), नेपाल भारत चेम्बर अफ कमर्श लगायतका संस्थालाई सम्मान गरिएको थियो । 

Advertisement

Advertisement